टोखामा चौंथो राष्ट्रपति रनिङ शिल्डको उपाधि उचाल्न सरस्वती मा.वि. सफल

काठमाडौँ, फागुन ४ गते । टोखा नगर स्तरिय चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ २९ गते तिलिङ्गाटार मा.वि.बाट सुरु भएको राष्ट्रपति कप आज नेपाल प्रहरि एकेडेमी महाराजगञ्जमा समापन भएको छ । पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा राष्ट्रपति कपका ६ विधाका खेलहरु खेलाइएको थियो ।
यसपटकको राष्ट्रपति कपमा टोखामा भएका ९० विद्यालयमध्ये सामुदायिक र संस्थागत गरी ३३ विद्यालयले सहभागिता जनाएका थिए । यसपटकको खेलमा प्रथम भई सरस्वती मा.वि.ले राष्ट्रपति कपको शिल्ड उचाल्न सफल भएको छ । सरस्वती मा.वि.ले १७ स्वर्ण, ८ रजत, ९ कास्य सहित ३४ पदक पाउन सफल भएको छ । जसमा विभिन्न विधाका खेलाडीहरुलाई प्रमाणपत्र, मेडल, ट्रफी र विद्यालयलाई १ लाख नगदसहित शिल्ड नगर प्रमुख प्रकाश अधिकारीबाट विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै दोस्रो पुरस्कार पाउनेमा पनि सामुदायिक विद्यालय अन्तर्गत मनोहर मा.वि. रहेको छ । मनोहरले ६ स्वर्ण २ रजत र २ कास्य गरी १० पदक पाउन सफल भएका छन् । जसले ७५ हजार नगद सहित विजेता खेलाडीहरुका लागि मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
तृतिय पुरस्कार प्राप्त गर्ने संस्थागत तर्फको हेराल्ड सेकेण्डरी स्कुलले ५ स्वर्ण, ३ रजत, ९ कास्य गरी १७ पदक प्राप्त गर्न सफल भएको छ । हेलाल्डले ५० हजार नगदसहित खेलाडीहरुका लागि प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ ।
त्यस्तै शान्तवना पुरस्कार (चौंथो) प्राप्त गर्नेमा विष्णुमती आवाशिय सेकेण्डरी स्कुलले ४ स्वर्ण, ४ रजत, ४ कास्य सहित १४ पदक जित्न सफल भएको छ । विष्णुमतीले २५ हजार नगदसहित बिजेता खेलाडीलाई मेडल, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको छ ।
पाँचौं हुने सामुदायिक तर्फ जालुपा मा.वि.ले ४ स्वर्ण, ३ रजत, ४ कास्य गरी ११ पदक जित्न सफल गरेको छ । विद्यालयले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
छैटौं हुने डिभाइन स्कुलले ३ स्वर्ण, २ रजत, २ कास्य गरी ७ पदक प्राप्त गरेको छ । बिजेता विद्यार्थीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सातौंमा पर्न सफल तिलिङ्गाटार मा.वि.ले २ स्वर्ण, ५ रजत, ६ कास्य गरी १३ पदक प्राप्त गरेको छ । बिजेता विद्यार्थीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
आठौंमा साउथवेस्र्ट स्कुल पर्न सफल भएको छ । जसमा २ स्वर्ण, २ रजत, २ कास्य गरी ६ पदक प्राप्त गरेको छ । बिजेता विद्यार्थीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । नवौंमा पर्न सफल नवदिक्षितले २ स्वर्ण २ कास्र्य गरी ४ पदक प्राप्त गरेको छ । बिजेता विद्यार्थीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
दसौंमा पर्न सफल दीपज्योती स्कुलले १ स्वर्ण २ रजत, ४ कास्य गरी ७ पदक प्राप्त गरेको छ । बिजेता विद्यार्थीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै अन्य विद्यालयले पनि रजत र कास्य जित्न सफल भएका थिए । कार्यक्रममा सामुदायिक तर्फ ८ विद्यालय र बाँकी संस्थागत विद्यालयले भाग लिएका थिए । ७०० भन्दा बढि खेलाडीले विभिन्न खेलमा भाग लिएका थिए । ३५० भन्दा बढि खेलाडी विद्यार्थीहरुले विभिन्न पदकसहित पुरस्कनर प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारीले देशकै नेपालको संंस्थागत तर्फको अव्वल विद्यालय फ्लोरोसेन्ट माध्यमिक विद्यालय हो । फ्लोरोसेन्ट अब टोखाको मात्र होइन, राष्ट्रिय रुपमा १ नम्बरमा पर्न सफल भई नाम कमाउन सफल भएको छ ।
खेलमा पनि टोखामा सामुदायिक विद्यालय प्रथम हुन् सफल भएको छ । सरस्वती मा.वि. र मनोहर मा.वि.ले खेलमा गरेको प्रगतिलाई मगर प्रमुख अधिभकारीले प्रशंसा गरेका थिए । शिक्षातर्फ फ्लोरोसेन्टले नाम राख्न सफल भएको छ भने खेलकुदतर्फ सरस्वती मा.वि.ले नाम राख्न सफल भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले यसपटकको कमीकमजोरीबाट सच्चिदै अर्को वर्ष ९० वटै विद्यालयलाई सहभागी गराएर राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिने बताएका छन् । बिसीले बिजेता बन्न सफल विद्यालय र खेलाडीहरुलाई धन्यवाद दिएका छन् । कार्यक्रममा नगर उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरुको समेत सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा चौंथो राष्ट्रपति रनिङ शिल्डको उपाधि उचाल्न सरस्वती मा.वि. सफल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्