Techie IT
मंगलबार, वैशाख ३०,२०८२

ठमेलमा प्रहरी कुट्ने एमाले कार्यकर्ता जोशी बानेश्वरबाट पक्राउ, ३ जना भने फरार


काठमाडौँ । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।

आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए । प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो ।

आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् ।
घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र सौजन्य शाही फरार छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #३ जना भने फरार, #breaking, #ठमेलमा प्रहरी कुट्ने एमाले कार्यकर्ता जोशी बानेश्वरबाट पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545