विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
तर, विपक्षी दलका सबै सांसदहरु उठेपछि अहिले सदन अवरुद्ध भएको छ। शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो।
उनले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दलहरुले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सभामुखले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्