Techie IT
आईतबार, जेठ ५,२०८२

चुनी देउराली मोटरसाइकल दुर्घटनामा मृतुकको पहिचान खुल्यो


साङ्गला देउराली हाँडीबेरी रुखको घुम्तीमा शुक्रबार बेलुका दुर्घटनामा भई मृत्यु हुनेको पहिचान खुलेको छ । प्रहरी बृत बालाजुका अनुसार मृत्यु हुनेमा नुवाकोट जिल्ला मेघाङ्ग गाँउपालिका वडा नं ५ बस्ने बर्ष ३६ का धन बहादुर तामाङ्ग रहेका छन । यस्तै मोटर साइकल चालक उमेश तामाङ्ग सामान्य घाइते भएका छन ।

शुक्रबार बेलुकी बा ५० प ६७४७ नंम्बरको तिब्र गतिमा आएको पल्सर मोटरर्साकल बा ५ ख ३६६४ नम्बरको आइचर गाडी अगाडी नियन्त्रण गर्ने खोज्दा मोटरसाइकल चिप्लीएको थियो । मोटरसाईकललको पछाडी बस्ने धन बहादुर तामाङ्गको आइचरको पाङ्गग्रामा परी घाइते हुनुभएको र उपचारको क्रममा उहाँको मृत्यु भएको थियो ।

 

प्रहरीका अनुसार साङ्गला दुर्घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा सडकको अवस्था र तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको छ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #चुनी देउराली मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:49 pm +0545