प्रेस चौतारी नेपाल काठमाडौं शाखाले मनायो २७औं स्थापना दिवस

२२ माघ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं शाखाले स्थापना दिवस मनाएको छ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईको उपस्थितिमा केक काटेर स्थापना दिवस मनाइएको हो । यस अवसरमा सचिव भट्टराईले प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।
०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।
यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औं महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरिसकेको छ । अहिले जिल्ला शाखाहरुको अधिवेशन भइरहेका छन् । काठमाडौं शाखाको पनि भोलि बुधबार छैटौं अधिवेशन हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस चौतारी नेपाल काठमाण्डौं जिल्ला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्