टोखामा एचपीभी खोप अभियान सुरु, नगर प्रमुखबाट किशोरीहरुलाई क्युआर कोड वितरण

२२ माघ, काठमाडौं । टोखा नगरपालिकामा आजबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप अभियान सुरु भएको छ । आज टोखा ७ को तिलिङ्गाटार मा.वि.मा आयोजित एक औपचारिक कार्यक्रममा नगर प्रमुखले किशोरीहरुलाई क्युआर कोड वितरण गरेर खोप कार्यक्रम अभियानको उद्घाटन गरेका छन् ।
नेपालमै पहिलोपटक टोखा नगरपालिकाले कोरोना महामारीमा पनि कोभिड–१९ भ्याक्सीन लगाउनेहरुलाई क्युआर कोड वितरण गरि एप्स बनाएर अनलाइनमा डाटा रेकर्ड राख्ने काम गरेको थियो । त्यस्तै अहिले एचपिभि खोपको पनि एप्समा डाटा राख्नका लागि विद्यालयले उपलब्ध गराएको डाटाअनुसार नगर स्वास्थ्य शाखाले क्युआर कोड बनाई किशोरीहरुलाई वितरण गरेको थियो । खोप लगाउने समयमा किशोरीहरुको क्युआर कोडलाई स्वास्थ्यकर्मीले स्क्यान गरी एप्समा डाटा रुजु गरेर खोप लगाउने किशोरीको नाम र स्थान, समय रुजु गरेपछि खोप लगाई कार्ड वितरण गरेका छन् ।
विश्व क्यानसर दिवसको दिन आज माघ २२ गतेबाट पाठेघरको मुखको क्यानसर विरूद्धको एचपिभि खोप अभियान नेपाल सरकारले देशैभरी सुरु गरेको हो । सोही कार्यक्रमलाई टोखा नगरपालिकाले पनि कार्यान्वयन गर्दै सबै वडामा सुरु भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा एचपीभी खोप अभियान सुरु, #नगर प्रमुखबाट किशोरीहरुलाई क्युआर कोड वितरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्