Techie IT
सोमबार, जेठ ६,२०८२

समाजसेवी प्रकाश लामिछाने द्वारा लक्ष्मीनारायण वृद्धाश्रमलाई खाद्यान्न हस्तान्तरण


माघ २१ गोरखा । समाजसेवी प्रकाश लामिछानेले गोरखाको भीमसेनथापा गाउँपालिका वडा नम्बर ३ अमिली चौरमा रहेको श्री लक्ष्मीनारायण वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ ।

उक्त खाद्यान्न वितरण कार्यक्रम आज एक समारोहको बीच सम्पन्न भएको हो । उहाँले खाद्यान्नहरूमा चामल सात बोरा, आलु एक बोरा, तेल एक कार्टुन, फ्रुटि एक कार्टुन, लगाएतका सामाग्री हस्तान्तरण गर्नुभएको हाे ।

कार्यक्रममा बाेल्दै समाजसेवी लामिछानेले भोलिका दिनमा पनि आफू ले वृद्धाश्रमलाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले जानकारी गराए अनुसार भीमसेन थापा तान्द्राङ
मा बसोबास गर्ने अति विपन्न १० घर परिवारलाई भोलि माघ २२ गते खाद्यान्न वितरण कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

लामिछाने काठमाडौँ ठमेलमा रहेको हिमालय हब एडभेन्चर प्रा. लिमिटेका निर्देशक पनि हुन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am6:49 pm +0545