डोनाल्ड ट्रम्पको आयात शुल्कको प्रभावः सुनको भाउ करिब १% ले घट्यो, डलर थप बलियो बन्दै

काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य करिब १ प्रतिशतले ओरालो लागेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.९७ प्रतिशत अर्थात २७.१६ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७७३.४३ डलरमा झरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमाथि आयात शुल्क बढाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धका त्रासबीच डलर थप बलियो बनेको छ । जसको प्रभाव सुनको मूल्य परेको छ ।
अमेरिकी डलर इन्डेक्स तीन साताकै उच्च नजिक पुगेको छ । जसका कारण विदेशी खरिदकर्तालाई बहुमूल्य पहेँलो धातु सुनको खरिद महङ्गो पर्न गएको छ ।
ट्रम्पले गत शनिबार क्यानडा र मेक्सिकोमाथि आयातमा २५ प्रतिशत र चीनमाथि १० प्रतिशत करको घोषणा गरेका थिए । यो व्यवस्था मंगलबारदेखि लागू हुनेछ । ट्रम्पको यो निर्णयप्रति क्यानडा र मेक्सिकोले जवाफी कदम चाल्ने बताएका छन् । यी दुवै देशले अमे्िरकामाथि पनि आयात शुल्क बढाउने बताएका छन् भने चीनले शुल्क लगाउने अमेरिकी निर्णयलाई विश्व व्यापार संगठनमा चुनौती दिने बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डलर थप बलियो बन्दै, #डोनाल्ड ट्रम्पको आयात शुल्कको प्रभावः सुनको भाउ करिब १% ले घट्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्