कञ्चनपुरको भिमदत्तका कांग्रेस सभापतिको मृत्यु रहस्यमय , मोबाइल भेटिएन, पर्समा पैसा छैन

कञ्चनपुरमा मृत फेला परेका अच्युत कलौनीका बुवाले छोराको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्।
मृतक कलौनीका बुवा जनकराजले नेपाली काँग्रेसको भीमदत्त नगर सभापतिसमेत रहेका आफ्ना छोरा अच्युतको हत्या गरेर फालिएको आशंका गरेका हुन्।
उनले शनिबार महेन्द्रनगर पुगेका गृहमन्त्री रमेश लेखकसँग भेट गर्दै हत्या गरेको हुनसक्ने आशंका गरेको बताइएको छ।
‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ, कसैले, गर्ने (घटना) मान्छेले बोलाएको हो कि ?’
गृहमन्त्री लेखकसँगको कुराकानीमा कलौनीले आफ्नो छोराको शव फेला परेको स्थानमा रहेका घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुनसक्ने पनि बताए।
अच्युत शनिबार बिहान फेला परेको स्थानमा शीत भए पनि छोराको शरीरमा शीत परेको नदेखिएको पनि कलौनीले गृहमन्त्री लेखकसँग दुःखेसो गरेका छन्। छोराले प्रयोग गर्ने मोबाइल फोन नभेटिनुले पनि थप आशंका उत्पन्न गरेको उनको भनाइ छ।
कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकैको मामाभान्जा चोकस्थित सडक पेटीमा मृत अवस्थामा फेला परेका थिए। उनको शव पोस्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
भोलि उनको पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ। जसका लागि भेरी अस्पताल, नेपालगञ्जबाट फरेन्सिक विज्ञहरु महेन्द्रनगर पुगेका छन्।
‘चार जना साथीहरू धनगढीबाट आएको देखिन्छ , उहाँ ९मृतक० मदन चोकबाट आफ्नो बाटो लाग्नुहुन्छ । ग्यास्ट्रिकको औषधी लिएर आफ्नो घर जाँदै गर्दा घटना भएको देखिन्छ’ प्रहरी अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘पर्स भेटिएको छ । मोबाइल भेटिएको छैन ।’
शव भेटिएको नजिकै उनको पर्स झरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले समेत जानकारी दिए । तर, पर्समा पैसा भने छैन । कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
‘पर्स झरेको अवस्थामा भेटिएको छ । पर्समा पैसा भने छैन’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘एउटा मोबाइल पनि भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौँ ।’
यसैक्रममा सो घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाएको छ। प्रहरीले कलौनीको गायब भएको मोबाईल पनि खोजिरहेको छ भने घटनाबारे अनुसन्धान गर्न घटनास्थल र आसपासमा भएको सीसीटीभी फुटेज अध्ययन गर्दैछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कञ्चनपुरको भिमदत्तका कांग्रेस सभापति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्