लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने

लमजुङ, माघ १५ गते । लमजुङमा ६ हजारभन्दा बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ९एचपिभी० लगाइने भएको छ ।
जिल्लाका आठ पालिकाका छ हजार ५४४ जना बालिकालाई एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यसमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छ हजार ४०६ जना छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १३८ जना बालिका रहेका छन् ।
कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने र विद्यालय नजाने किशोरीहरुका लागि दुई चरणमा सो खोप लगाइने भएको छ । माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने खोप अभियानमा बेसीसहर नगरपालिकामा एक हजार ७१९ जना विद्यालयका र विद्यालय बाहिरका १५ जना, सुन्दरबजार नगरपालिकामा एक हजार १६७ र विद्यालय नजाने ५६ जना, मध्यनेपाल नगरपालिकामा एक हजार १७ जना तथा विद्यालय नजाने १४ जना र राइनास नगरपालिकामा ७८० जना र विद्यालय नजाने १२ जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
त्यस्तै, गाउँपालिकातर्फ दोर्दी गाउँपालिकामा ५०९ जना विद्यालयका र विद्यालय नजाने १० जना, मर्स्याङ्दी गाउँपालिकामा ६६५ र विद्यालय नजाने सात जना, क्व्होलासोथर गाउँपालिकामा ३१९ जना विद्यालय नजाने १० जना र दुधपोखरी गाउँपालिकामा २६० जना विद्यालयका र विद्यालय नजाने १४ जना बालिकालाई सो खोप प्रदान गरिने भएको छ ।
खोप अभियानमा जिल्लाका १३४ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र २६८ जना स्वयंसेवक खटिने छन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा १३४ वटा र विद्यालयभन्दा बाहिर ८० वटा खोप केन्द्र रहने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका हेल्थ असिस्टेन्ट कमल ओलीले जानकारी दिनुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार अभियानमा खोप लगाउन छुटेकाहरुका लागि माघ २७ गते प्रदेश अस्पताल बेँसीसहरमा खोप लगाउने ब्यवस्था गरिएको छ ।
खोप अभियान प्रभावकारी बनाउन सरोकारवालालाई अभिमुखीकरण, खोपबाट हुन सक्ने समस्या समाधानका लागि चिकित्सकसहितको टोली परिचालन गरिने खनालले जानकारी दिनुभयो । प्रदेश अस्पताल लमजुङका प्रमुख डा। शिशिर देवकोटाले गर्भवती, क्यान्सर रोगी र सिकिस्त बिरामी बाहेक सबै लक्षित छात्राहरूलाई खोप लगाउन हुने जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्ध यो खोप एकदमै प्रभावकारी रहेकाले विना हिचकिचावट खोप लगाउन आग्रह गर्नुभयो ।
यसैबिच, खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लास्थित खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । बेसीसहरमा भएको कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु सबैको दायित्व रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले जोड दिनुभयो । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउने गरी सबैको एकीकृत पहल आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपालमा प्रत्येक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने र सोमध्ये एक हजार ३१३ जनाको उक्त क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।
लमजुङमा ६ हजारभन्दा बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ९एचपिभी० लगाइने भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #लमजुङमा छ हजारभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्