ताप्लेजुङको आन्दोलनबारे छलफल गर्न गृहमन्त्रीले ४ जिल्लाका सांसदलाई बोलाए

काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा पूर्वी पहाडका सांसदहरूसँग गृहमन्त्री रमेश लेखकले छलफल गर्ने भएका छन् ।
लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभा सदस्यहरूलाई छलफल गर्न लागेका हुन् । इलाम २ का सांसद सुहाङ नेम्वाङले अपरान्ह ५ बजे गृहमन्त्रालय बोलाइएको जानकारी दिए ।
शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो ।
आन्दोलनरत पक्षसँग वार्ता एवं स्थिति थप तनाव हुन नदिन सरकारको तर्फबाट पहलस्वरूप गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ताप्लेजुङको आन्दोलनबारे छलफल गर्न गृहमन्त्रीले ४ जिल्लाका सांसदलाई बोलाए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्