टोखामा एच.पि.भि खोपबाट ९ हजार बढी किशोरीहरु प्रत्यक्षरुपमा लावान्वित हुने

काठमाडौँ, माघ १४ गते । टोखा नगरपालिकाले नगर क्षेत्र भित्र एच.पि.भि खोप अभियान सञ्चालन सम्बन्धमा स्थानिय तहका खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू लागि अभिमुखिकरण तथा गोष्ठी सम्पन्न गरेको छ ।
नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा समन्वय समिति तथा सञ्चारकर्मीहरूलाई एच.पि. भि.खोप सेवा सञ्चालनको कार्यनीति तथा पाठेघरको मुखको क्यान्सर रोग निवारण सम्बन्धमा जानकारी गराउँदै अभिमुखिकरण तथा बहस-पैरवी गोष्ठी सम्पन्न भएको थियो ।
आईतबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता, विभागीय शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर रोग, रोग रोकथामको रणनीति र एच.पि.भि खोप सेवा सञ्चालनका बिषयहरुमा जानकारी गराइएको थियो । साथै टोखा नगरपालिका अन्तर्गत रहेका करीब ९ हजार भन्दा धेरै किशोरीहरुलाई सेवा पुराउने गरि खोप सेवा सञ्चालन गर्न लागेको र सोको कार्यगत योजनाको बारेमा जानकारी गराइएको थियो ।
एच.पि.भि खोप अभियान अन्तर्गत आउँदो माघ २२ गते देखि फाफुन ६ गतेसम्म नगरका सबै विद्यालयहरुमा खोप कार्यक्रम सनञ्चालन हुँदैछ । टोखा नगरपालिका लगाएत देशै भरि नै सञ्चालन हुने विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट सञ्चालन हुने यो अभियानमा १०-१४ वर्ष उमेर समूहका किशोरीहरु तथा ६-१० कक्षामा अध्ययनरत छात्राहरुलाई खोप सेवा प्रदान गरिँदै छ ।
विद्यालयमा पुगी खोप लगाउन छुटेका किशोरीहरुले अभियानको अन्तिम दिन नजिकैको स्वास्थ्य संस्थाबाट पनि यो खोप लिन सक्ने व्यवस्था रहेको छ ।
महिलाहरूमा हुने विभिन्न क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण भएको र नेपालमा हरेक दिन चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्याङ्क रहेको कारण यो रोग नियन्त्रण तथा न्यूनीकरणका लागि नेपाल सरकार मार्फत यो अभियान सञ्चालन भएको हो ।
किशोरावस्थामै पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप लगाएर महिलालाइ यो रोगबाट बचाउन सकिन्छ । खोप अभियान सम्बन्धमा थप जानकारी लिन आवश्यक परेमा नजिकैको विद्यालय, स्वास्थ्य संस्था वा पैसा नलाग्ने नम्बर १११५ मा समेत सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा एच.पि.भि खोपबाट ९ हजार बढी किशोरीहरु प्रत्यक्षरुपमा लावान्वित हुने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्