मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्, उनीहरूको आशा पुग्नेवाला छैन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रुघा लागेर हाच्छ्यूँ गर्दा अक्सिजन लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनाउनेहरूलाई जवाफ फर्काएका छन् ।
केही दिनयता आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा गरिएको विरोध र टिप्पणीलाई लक्षित गर्दै उनले फोटो राख्नेहरूको आशा नपुग्ने बताए ।
सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई रुघाखोकी लागेकाले सामान्य कमजोर बनाएको बताए ।
उनले भने, ‘मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकीले सतायो । तर, मैले हाच्छ्यूँ गरेँ भने आईसीयूको, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो आइहाल्छ, तपाईंले पनि देख्नुभयो होला । मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #उनीहरूको आशा पुग्नेवाला छैन : ओली, #मैले हाच्छ्यूँ गर्दा भेन्टिलेटरको फोटो राख्छन्
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्