वरिष्ठ अधिवक्ता खड्काको संसदीय सुनुवाइ माघ २० मा हुने

काठमाडौं, माघ १४ गते । न्याय परिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ ।
सङ्घीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो ।
उहाँविरुद्ध कुनै उजुरी प्राप्त नभएको समेत समितिले जनाएको छ । परिषद् सदस्य रहनुभएका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मङ्सिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।
पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्नुहुन्छ भने सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसिएशनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानूनविद् सदस्य रहने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #वरिष्ठ अधिवक्ता खड्काको संसदीय सुनुवाइ माघ २० मा हुने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्