तारकेश्वरका जागरुक युवाहरुको सक्रियतामा अपांग केन्द्र र नवजिवन परोपकार संस्थामा खाद्यान्न वितरण
काठमाडौं। तारकेश्वरका जागरुक युवाहरुको सक्रियतामा समाजसेवी, राजनितीकर्मि, व्यवसायी, पेशाकर्मि, बुद्धिजीवीहरुबाट आपतकालीन रुपमा संकलन गरिएको खाद्यान्न वितरण गरेको छ। लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआय भएका, ज्यालादारीमा रोजीरोटी चलाउने र हुँदा खानेहरुमा परेका छन। महामारीको रुपमा फैलिरहेको कोभिड (१९९कोरोना भाइरस) संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ।
अपांग केन्द्र तार्केस्वर ५,(९१५ बोरा चामल, १० प्याकेट नुन) नवजिवन परोपकार संस्था तार्केस्वर (७,९१५ बोरा चामल , १० प्याकेट नुन), दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर ५ (१० बोरा चामल ,२.५ लिटर तेल,१० प्याकेट नुन), लाइफ फर नेसन तार्केस्वर ६ (१५ बोरा चामल , १० प्याकेट नुन ) , नेपाल मानव सेवा संस्था तार्केस्वर ८ (१५ बोरा चामल ,१० प्याकेट नुन) वितरण गरिएको छ।

नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गि, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा र राप्रपाका तारकेश्वर नगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगाएतको उपस्थितिमा उक्त राहत वितरण गरिएको थियो।

कोभिड -१९ आपतकालीन खाद्यान्न संकलन अभियानका अभियन्तहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपकार अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगाएतको आव्हानमा खाद्यान्न संकलन अभियान थालिएको थियो।
आर्थिक न्यूज बाट साभार
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्