तारकेश्वरका जागरुक युवाहरुको सक्रियतामा अपांग केन्द्र र नवजिवन परोपकार संस्थामा खाद्यान्न वितरण
काठमाडौं। तारकेश्वरका जागरुक युवाहरुको सक्रियतामा समाजसेवी, राजनितीकर्मि, व्यवसायी, पेशाकर्मि, बुद्धिजीवीहरुबाट आपतकालीन रुपमा संकलन गरिएको खाद्यान्न वितरण गरेको छ। लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआय भएका, ज्यालादारीमा रोजीरोटी चलाउने र हुँदा खानेहरुमा परेका छन। महामारीको रुपमा फैलिरहेको कोभिड (१९९कोरोना भाइरस) संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ।
अपांग केन्द्र तार्केस्वर ५,(९१५ बोरा चामल, १० प्याकेट नुन) नवजिवन परोपकार संस्था तार्केस्वर (७,९१५ बोरा चामल , १० प्याकेट नुन), दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर ५ (१० बोरा चामल ,२.५ लिटर तेल,१० प्याकेट नुन), लाइफ फर नेसन तार्केस्वर ६ (१५ बोरा चामल , १० प्याकेट नुन ) , नेपाल मानव सेवा संस्था तार्केस्वर ८ (१५ बोरा चामल ,१० प्याकेट नुन) वितरण गरिएको छ।

नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गि, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा र राप्रपाका तारकेश्वर नगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगाएतको उपस्थितिमा उक्त राहत वितरण गरिएको थियो।

कोभिड -१९ आपतकालीन खाद्यान्न संकलन अभियानका अभियन्तहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपकार अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगाएतको आव्हानमा खाद्यान्न संकलन अभियान थालिएको थियो।
आर्थिक न्यूज बाट साभार
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्