Techie IT
सोमबार, जेठ ६,२०८२

प्रचण्डजस्ताको साथमा प्रधानमन्त्री बनेर देश बन्दैन भनेरै कांग्रेसको अफर स्वीकारेको हुँ : ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अप्ठ्यारो स्थितिमा पुगेपछि कांग्रेससँग मिलेर सरकार बनाएको बताएका छन् ।

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा पुगेपछि प्रतिस्पर्धी दलहरू मिलेका हौं ।

उनले देश तमासाजस्तो भएको टिप्पणी गरे ।

उनले भने, ‘देश बनाउने कुरा कुनै ख्यालठट्टा होइन । मजाकको कुरा हो र रु देशलाई अप्ठ्यारोबाट मुक्त गर्ने, लोकतन्त्रलाई सुदृण गर्नको लागि मिलेका हौं । आजै ढल्छ भोलि बिहान सरकार ढल्छ भन्नेर गरेको बिलौनाको कुनै अर्थ छैन ।’
उनले देशलाई स्थिायित्व दिएर बलियो बनाउनुपर्छ भन्ने कांग्रेस र एमालेले संकल्प गरेको बताए । ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिएर प्रधानमन्त्री बन्नुको अर्थ नभएको बताए ।

उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘देउवाले पनि प्रधानमन्त्री छाडेरै आउनुभएको हो । मैले पनि छाडेरै आएको हो । मैले दिँदा मान्नुभएन भन्नेको सुनेको थिएँ । त्यस्ताको साथ लिएर प्रधानमन्त्री चलाएर के गर्नु रु बन्छ देश रु हुँदै भनेर छाडेको हुँ । कांग्रेसले अफर गरेपछि बनेको हुँ । अब १७ १८ महिनापछि देउवाजी बन्नुहुन्छ । अहिले कांग्रेसबाट पूरा साथ पाएको छु, पछि हामी साथ दिन्छौं ।’


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डजस्ताको साथमा प्रधानमन्त्री बनेर देश बन्दैन भनेरै कांग्रेसको अफर स्वीकारेको हुँ : ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:10 am6:49 pm +0545