विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

स्याङ्जा, माघ १४ गते । विपन्न परिवारका विद्यार्थीलाई पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाले न्यानो कपडा (पोशाक) तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ । पुतलीबजार नगरपालिका –१३ कर्बुजे, हिरापाटामा रहेको जनप्रिय आधारभूत विद्यालयमा अध्यनरत २० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
विद्यार्थीलाई ट्रयाकसुट, टोपी, स्वीटर र कापी, कलम लगायतका सामग्री गरी प्रतिविद्यार्थी एक हजार आठसय रुपियाँ बराबरको सामग्री वितरण गरिएको हो । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि कदम चाल्दै संस्थाको सम्पर्कमा रहेका सो विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष पवन मरासिनीले बताउनुभयो ।
केन्द्रिय समिति सदस्य स्मृति काफ्लेले सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउनुभयो । कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मीले विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु वितरण गरिनु सकारात्मक कार्य भएको बताउनभयो ।
नगर प्रमुख रेग्मीले यस्ता कार्यक्रममा पालिका हरबखत हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयमा आएर पोशाक र शैक्षिक सामग्रीहरु पाउँदा विद्यार्थी खुसी भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्