प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसद थापाको प्रश्न- भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले भक्तपुरमा विकास अड्किएको बताएका छन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरमा विकास किन अड्क्यो भन्दै प्रश्न गरे ।
उनले भने, ‘देशको अर्थतन्त्रबारे प्रधानमन्त्री पनि जानकार नै हुनुहुन्छ, तर पछिल्लो समय भक्तपुरमा विकास हरायो, प्रधानमन्त्री यही हुनुहुन्छ, विकासको प्रक्रिया कहाँ अड्कियो ? प्रधानमन्त्रीलाई प्रश्न गर्छु, भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभो ? कुनै राजनीतिक दलको लागि मात्रै विकास निर्माण अड्किएको हो भने आजैदेखि भन्छु, विकास निर्माणको काम सरकारको नेतृत्व गरेको दलले लिने कि नलिने ?’
सांसद थापाले अहिले कांग्रेस र एमाले एउटै सरकारमा भएकाले विकास निर्माणको गाँठो फुकाउनुपर्नेमा जोड दिए ।
उनले एमाले नेता महेश बस्नेतलाई लक्षित गर्दै भक्तपुरमा आफ्नै खल्तीबाट रकम हालेर काम गरे जस्तो गरेर प्रचार नगर्न आग्रह गरे ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापतिसमेत रहेको सांसद थापाले विगतमा प्रतिस्पर्धा भए पनि विकास निर्माणको लागि सहकार्य गर्न तयार रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसद थापाको प्रश्न- भक्तपुरको विकास तपाईंले कहाँ अड्काउनुभो ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्