किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

अछाम, माघ १४ गते । अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार बिहान गृहमन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँहरूसँग मन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरता पूर्वक लिएको बताउनुभएको नगरप्रमुख चलाउनेले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।
जिल्लाको ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिबार बेलुकी शव फेला परेको थियो ।
शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ ।
यस्तै, भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीसमक्ष माग गर्नुभएको छ । साथै उहाँहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्