एचआईभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता पाउने

तनहुँ, माघ १४ गते । तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिने भएको छ । व्यास नगरपालिकाले एचआईभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
न्यौपानेले भन्नुभयो, ‘‘एचआईभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरुको क्षमता विकासका लागि भत्ता दिने निर्णय गरेका हौं ।’’ सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले भत्ता पाउने छन् ।
भत्ता पाएपछि सङ्क्रमित बालबालिकाको दैनिक जीवनयापन सहज हुने विश्वास नगरपालिकाले लिएको छ । एचआईभी सङ्क्रमित बालबालिकाका कतिपयको अभिभावकको मृत्यु भइसकेको हुनाले शिक्षा आर्जन र दैनिक जीवनयापनसमेत कठिन हुँदै आएको थियो ।
नगरपालिकाभित्र रहेका यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरी माघ महिना देखिकै पोषण भत्ता बापतको रकम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #एचआईभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता पाउने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्