संसद अधिवेशनको तयारीबारे छुट्टाछुट्टै छलफलमा सभामुख

काठमाडौं । आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले विभिन्न बैठक राखेका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल छ । प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ ।
त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ । दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग अलग(अलग संवाद गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #संसद अधिवेशनको तयारीबारे छुट्टाछुट्टै छलफलमा सभामुख
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्