मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध : सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले आफुभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध गरेकी छिन्। उनले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको बताएकी छिन् ।
उनले लेखेकि छिन ‘ एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ । अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।
सत्ताको शक्तिले अदालतलाई यस्तो यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस् । बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।
स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धि निकायहरूको गम्भीर ध्यान जावस् । वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्युनतम राजनितिक संस्कार चै कायम राखिदिनुस !’
क्याटेगोरी : समाचार
ट्याग : #सोविताद्वारा नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्