प्रधानमन्त्री ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजे : काङ्ग्रेस नेता कोईराला

बिराटनगर । लोकतान्त्रिक ब्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएकाछन् ।
नेपाल प्रेस युनियन मोरंगले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको बताए । उनले भने, ‘लोकतान्त्रिक ब्यवस्थामा संयन्त्रले देश चलाउने होइन भन्ने बुझ्नु पर्यो। सरकारले चलाउने हो । संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीजी त्यो गलत हो । विल्कुल गलत हो । सरकारमा कांग्रेसबाट उपप्रधानमन्त्री, मन्त्रीहरु हुनुहुन्छ ।’
सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि ब्यक्त गरे। संसद नराखी अध्यादेश ल्याउनु गलत भएको बताउँदै उनले भने, ‘देशै नचल्ने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हो । अहिले विषयबस्तु अनुसार ल्याइएका सबै अध्यादेश खराब छ भन्दिन। केही अध्यादेश राम्रा छन् । तर संसद बोलाएर अध्यादेश ल्याउनुपर्ने थियो । माघ १८ गते संसद बोलाएको छ । अध्यादेशपनि केहीसमय पर्खेर संसद खोलेर ल्याउँदा हुने थियो नि । ६ महिनामा केही भएर सातदिन दसदिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि।’ नेता कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक चरण भएकोमा चिन्ता ब्यक्त गरे।
दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताउँदै नेता कोइरालाले सात बुदें सम्झौता अनुरुप गठबन्धन सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गंभीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो। ६ महिनाको यो अवधि काममा धेरै त होइन । तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’ बेलायत भ्रमणका क्रममा उनले भूतपूर्व गोर्खा सैनिकको विषयमा गंभीर छलफल भएको बताए । उनले भने, लण्डनको पार्लियामेन्टमा जलवायु परिवर्तनले मुलुकलाई पर्दै गएको प्रभावबारे जानकारी भएको छ । त्यहाँका सांसद एलेक्स बेकर, अनमिनका पूर्व प्रमुख इयान मार्टिन लगायतसंगपनि शान्ति सम्झौता, सत्य निरुपण आयोग लगायतका विषयमा कुरा भयो ।
बेलायतसंग २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै उनले बेलायतका सांसदहरु नेपालको विषयमा गंभीर रहेको बताए । लण्डनमा उनले नेपाली बुद्धिजिवी, चिकित्सा क्षेत्रका ब्यक्तित्वहरुसंग पनि समसमायिक विषयमा कुरा भएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot, #काँग्रेस, #डा. शेखर कोइराला, #बिराटनगर, #मोरङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्