आज कार्यालय खुलेलगत्तै रुपन्देही अदालतमा पुग्ने तयारीमा रवि लामिछाने

रुपन्देही । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज कार्यालय खुले लगत्तै जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् ।
उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने हिजो साँझ भैरहवा आएका हुन् ।
लामिछाने बुधवार अदालत उपस्थित हुनका लागि मङ्गलवार जहाजमार्फत भैरहवा आइपुगेको रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जनाएका छन् । लामिछाने मङ्गलवार दिउँसो साढे ४ बजे भैरहवा विमानस्थलमा उत्रिएका थिए । लामिछानेले आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।
अहिले लामिछानेको पक्षमा बहस गर्नका लागि कानुन व्यवसायी नारायणदत्त कँडेल भैरहवामा आइसकेको छामिछानेको सचिवालय हेरेका अविनाश आचार्यले जनाए ।
‘मौसमका कारण अन्य कानुन व्यवसायी आइसक्नु भएको छैन, पहिले बयान हुने भएकाले र सरकारी वकिलले गर्ने भएकाले आजै सबै कानुन व्यवसायी नआउनुभएको हो, बहस कति जनाले गर्ने भन्ने तोकिएको छैन । पहिलेकै टीममा रहेका कानुन व्यवसायीले नै गर्नुहुन्छ, यहाँ पनि धेरै कानुन व्यवसायी रहनुभएको छ तर सकेसम्म थोरैको संख्यामा बहस गराउने हुन्छ होला’ उनले भने ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले अदालतमा हाजिरी भएपछि उपलब्ध न्यायाधीशमध्येबाट कसको इजलासमा जाने निधो हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज कार्यालय खुलेलगत्तै रुपन्देही अदालतमा पुग्ने तयारीमा रवि लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्