वर्तमान सरकार तीन वर्षसम्मै टिक्छ : उपमहासचिव ज्ञवली

लमजुङ, माघ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने बताउनुभएको छ । गठबन्धन मजबुत बन्दै गएपछि विपक्षीलाई छटपटी हुन थालेको उहाँले बताउनुभयो ।
नेकपा (एमाले) लमजुङले मंगलबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गर्नुभयो।
“सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको छ । घरी राजावादीलाई भेट्ने, घरी रविलाई किन कारबाही गरेको भन्ने, कहिले मोर्चा बनाउँछु भन्ने, यी सबै कार्य सत्ता विमुख भएपछिको छट्पटी हो ”, उहाँले भन्नुभयो । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताउनुभयो ।
सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उहाँले बताउनुभयो । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उहाँले बताउनुभयो । “यही सरकारलाई मजबुत बनाएर अघि बढ्दै नेकपा एमालेलाई एक नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्यमा हामी छौं”, उहाँले भन्नुभयो ।
मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उहाँको भनाइ थियो । उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्रले गति लिन थालेको बताउनुभयो । “सुशासन र प्रभावकारी सेवाका लागि कानुन बनेका छन् । सहकारी पीडितले राहत पाउन थालेका छन् । अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ”, उहाँले भन्नुभयो, “यधपी अझै सरकारको कामलाई गति दिन आबस्यक छ ।”
एमाले केन्द्रीय कमिटीको कार्यक्रम अनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वर्तमान सरकार तीन वर्षसम्मै टिक्छ : उपमहासचिव ज्ञवली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्