हतारमा विधेयक पास हुँदैन पर्याप्त छलफल हुन्छ : प्रमुख सचेतक लिङथेप

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशनमा १० वटा विधेयक सभामा टेबल हुने भएको छ ।
भोलिबाट सुरु हुने अधिवेशनमा १० वटा विधेयक संसदमा टेबल गर्ने तयारी रहेको छ । ती मध्य केही विधेयक संशोधनका रूपमा समेत सभामा टेबल हुने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर कुमार लिङथेप ले बताए ।
संसदीय पत्रकार मञ्च कोशीसँग अन्तरक्रिया गर्दै उनले यस पटकको हिउँदे बिजनेसको अभाव नहुने बताए । ती विधेयकलाई म्याचुवर्ड गराउन मिडियाको पनि भूमिका रहने बताए ।
उनले पत्रकारसङ कुराकानी गर्दै प्रदेश सभालाई प्रभावकारी बनाउन मिडियाको पनि भूमिका रहने बताए ।
उनले २ महिनाका लागि प्रदेश सभामा बिजनेसको कमी नहुने बताए । उनले भने यस पटक कानुन बनाउन हतार हुँदैन । सरोकारवालासङ तल्लो तहमा लगेर पनि छलफल हुने छ ।
कुनै विधेयक पास नगरी नहुने भए पास गर्ने तर पछि गर्दा पनि हुन्छ भन्ने देखिए थप छलफल गरेर विधेयक पास गरिने लिङथेपले बताए ।
कति पय कानुन बनाउने क्रममा हतार भएको छ यो सिकाइबाट सरोकारवालासङ यस पटक छलफल बढी हुन्छ । उनले प्रदेश सभालाई स्थिर बनाउन एमाले लागि परेको बताए ।
उनले भने प्रदेश सभा स्थिर बनाउनका लागि राष्ट्रिय राजनीतिले पनि असर गरी रहेको छ । हाम्रो हिसाबले मात्रै प्रदेशको स्थिरता कायम रहँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हतारमा विधेयक पास हुँदैन पर्याप्त छलफल हुन्छ : प्रमुख सचेतक लिङथेप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्