Techie IT
बिहीबार, जेठ २,२०८२

रमण श्रेष्ठलाई शम्भु थापाको आग्रह- रास्वपाहरुलाई वकिल नकुट भन्नुपर्‍यो, के दिए जवाफ ?


काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका कारण पनि हुनसक्छ आइतबार नेपाल बारले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा समर्थकबाट भएको आक्रमणको विरोधमा आयोजित प्रदर्शनमा नेता वकिलहरू सबै उपस्थित भए ।

रवि लामिछानेको पक्षबाट दमदार बहस गरेका वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व महासचिव रमण श्रेष्ठ र छविलाल बन्जाडेको पक्षबाट बहस गरेका पूर्व अध्यक्ष शम्भु थापाबीचको संवाद भने बार परिसरमा चर्चामा रह्यो ।

रमण नेपाल बारको भावी अध्यक्षका दाबेदार समेत भएकाले उनी प्रदर्शनको अग्रभागमै कालोपट्टी बाँधेर उभिएका थिए । वकिलले मुद्दाका एक पक्षमा उभिएर बहस गरे पनि पेशागत सुरक्षा र हकहितका सवालमा सम्झौता नहुने उनले बताएका थिए ।

यसैबीच शम्भु थापाले रमणलाई भने( तपाईँले रास्वपाहरुलाई यसरी वकिलहरूमाथि आक्रमण नगर भन्नुपर्ने भयो,नत्र त वकिलहरूको त बेहाल हुने भयो नि ।

थापाको ठट्यौलीपछि ‘खोइ के हो के हो रु’ भन्दै रमण अर्कोतिर लागेका थिए । काठमाडौं जिल्ला अदालतबाट रवि लामिछाने ६० लाख धरौटीमा छुट्नुअघि अदालत परिसरबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । उनले रवि लामिछानेको विपक्षमा सहकारी बचतकर्ताको पक्षबाट बहस गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #के दिए जवाफ ?, #रमण श्रेष्ठलाई शम्भु थापाको आग्रह- रास्वपाहरुलाई वकिल नकुट भन्नुपर्‍यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545