रवि लामिछाने भोलि भैरहवा आउने, आज मुद्दा दर्ताको तयारी

रुपन्देही । कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध सुप्रिम सहकारीको रकम अपचलनमा आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आज नै मुद्दा दर्ताको तयारी भएको बताए । उनका अनुसार लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी छ ।
रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोगमा ४ करोडमाथि बिगो माग दाबी गरिने बताइएको छ ।
यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि सोमबार जिल्ला अदालत भैरहवा आउने भएका छन् । उनको तर्फबाट कानून व्यवसायी संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले लामिछाने भोलि रुपन्देही आउने नेपाल प्रेसलाई बताए ।
बहसका निम्ति कानून व्यवसायी पनि साथमा लिएर रवि भैरहवा आउन लागेका हुन् । को(को कानून व्यवसायी लैजाने भन्ने बेलुकीसम्म टुंगो लाग्ने न्यौपानेले बताए ।
सुप्रिम सहकारी ठगीमा विहीबार १७ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा थप अभियोग दर्ता भइसकेको थियो । गितेन्द्रबाबु राई ९जीबी० हित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भए पनि यीमध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको जनाइएको छ ।
यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो । लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए ।
त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर थुनछेक बहस सकिएको छ । तर, जोशी भने अझै अदालतमा उपस्थित भएका छैनन् । उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफैँ काठमाडौं प्रहरी वा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो ।
लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै हिरासतमुक्त भइसकेका छन् । त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ । दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज मुद्दा दर्ताको तयारी, #रवि लामिछाने भोलि भैरहवा आउने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्