Techie IT
शुक्रबार, जेठ ३,२०८२

विपक्षी ६ दलको बैठक सुरु, संयुक्त वक्तव्य जारी गर्दै


काठमाडौं । संघीय संसदका विपक्षी दलहरूको बैठक सुरु भएको छ । विपक्षी ६ दलको बैठकपश्चात् संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा विपक्षी दलको शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । विपक्षी दलले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् ।

यसअघिको बैठकले संयुक्त वक्तव्य तयार गर्न नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसाल रहेको २ सदस्यीय कार्यदल बनाएको थियो ।

विपक्षी दलहरुले संसद अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउने चेतावनी दिइरहेको बेलामा प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बोल्दै १५–२० दिनपछि संसद बैठक बस्ने बताएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी ६ दलको बैठक सुरु, #संयुक्त वक्तव्य जारी गर्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545