Techie IT
शुक्रबार, जेठ ३,२०८२

राष्ट्रपतिद्वारा काठमाडौं-तराई-मधेस द्रुतमार्गको अवलोकन


हेटौँडा, माघ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ(तराई(मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो ।

उहाँले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको प्रतिनिधिले अहिले सम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।

मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उहाँ निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रपतिद्वारा काठमाडौं-तराई-मधेस द्रुतमार्गको अवलोकन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545