Techie IT
आईतबार, वैशाख २८,२०८२

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बिरहरु)


राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।

उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

    


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:15 am6:44 pm +0545