वर्तमान सरकार सबै नेपालीको हुन सकेन ः पूर्वमन्त्री बडू
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाउनुभएको छ । प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।” नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा काँग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा काँग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पु¥याउने बाटो नै गलत भयो भन्नुभयो ।
सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उहाँको धारणा छ । नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको छ भन्नुभयो ।
काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको ? भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिनुभयो । –––
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिलेन्द्रप्रसाद बडू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्