जाडो समयमा यस्ता कुरामा विशेष ध्यान दिनुहोस् नत्र ज्यानै जाला
काठमाडौँ । विस्तारै चिसोको मौसम सुरु हुँदैछ । जाडो समयमा न्यानोपनका लागि विभिन्न कार्यहरु गरिने गर्छन् । आगो ताप्ने, हिटर बाल्ने । तर, कहिलेकाँही आफ्नै लापरवाहीले गर्दा ज्यानै जाने घटनाहरु पनि देखिएका छन् ।
चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु धेरैका लागि सामान्य कुरा बनेको छ । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावा नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड भन्ने ग्याँसको मात्रा बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरु बताउँछन् ।
जाडो याममा ग्याँस गिजरका कारण हुने मृत्युका घट्नाहरु पनि यसैले गर्दा हुने हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्न चिकित्सकहरुले बताएका छन् ।
हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने गर्नु पर्छ । भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्नुपर्छ भने मौसमी फलफुल विशेष गरेर भिटामीन सियुक्त फलफुलको अलि बढी सेवन गर्नु पर्छ ।
स्वास प्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउनुपर्ने चिकित्सकहरुको भनाइ छ ।
तर, बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु पनि हुँदैन । त्यसो गर्दा भित्र भित्रै तातो भएर पसिना आउँने भएकोले त्यसैको चिसोले अन्य स्वास्थ्य समस्या नित्याउँने चिकित्सकहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जाडो याम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्