स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री

काठमाडौँ, भदौ १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनुभयो । उहाँले अस्पतालहरूमध्येमा प्रसूति तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको जिकिर गर्नुभयो ।
मन्त्री पौडेलले अहिलेको साधन स्रोतभित्र रहेर अस्पतालले गरेका कामहरू राम्रो रहेको बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधन र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनुभयो । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति सीमित रहेको उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोसिस गरिरहेको बताउनुभयो । उहाँले तीन सय शय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्