पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दी, साउन २६ गते । सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो ।
शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका–६,स्थित बाङ्गे पहिरोमा खसेको पहिरोले पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध भएपछि आवतजावत र ढुवानीमा समेत समस्या भएको स्थानीय श्रीराम पौड्यालले बताउनुभयो । बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरि ,मालिका र मङ्गला गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिकले समेत सास्ती व्यहोर्नु परेकोे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्