Techie IT
शुक्रबार, चैत्र २७,२०८२

विद्युत् प्राधिकरणका दुईजना बोर्ड सदस्य हटाइए


काठमाडौं, २० साउन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यलाई बोर्ड सदस्यबाट हटाएको हो । उहाँहरूले उद्योगीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आउनु भएको थियो ।

यसअघि उहाँहरूलाई मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । उहाँहरूले साउन १८ मा उनीहरूले स्पष्टीकरण बुझाउनु भएको थियो । सोही दिन उहाँहरूलाई सञ्चालक समिति सदस्यबाट हटाउने निर्णय भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्युत् प्राधिकरणका दुईजना बोर्ड सदस्य हटाइए


तपाईको कमेन्ट लेख्नुहोस्