पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
पर्सा, २० साउन । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ’, उहाँले भन्नुभयो, ‘यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ ।’
केन्द्रकाअनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो ।
पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्