Techie IT
मंगलबार, वैशाख ८,२०८३

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा


काठमाडौँ, साउन १८ गते । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ  । सरकारले परम्परागत रूपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्