Techie IT
आईतबार, वैशाख २१,२०८२

छोराको जन्मदिनमा अविनासले दिए यान्दाका ३० विद्यार्थीलाई झोला


ओखलढुंगा । ओखलढुंगाको मोलुङका अविनास तामाङले आफ्नो छोराको जन्मदिनमा विद्यार्थीलाई झोला वितरण गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ निवासी तामाङले छोरा अश्विन तामाङ तीन बर्ष लागेको अवसरमा सहिद पेशल आधाभूत विद्यालय यान्दाका ३० जना विद्यार्थीलाई मंगलबार झोला वितरण गरेका हुन् ।

बच्चाको जन्मदिन फजुल खर्च गरेर मनाउनुभन्दा स–साना बालालिकालाई कापी–किताब बोक्न सहज होस भनेर झोला वितरण गरेको उनले बताए। आमामी दुई बर्षसम्म यसैगरि जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गर्ने उनको भनाई छ ।

जन्मदिन मनाउदा हुने फजुल खर्चलाई शिक्षा क्षेत्रमा आफुले लगानी गर्ने योजना अनुसार विद्यार्थीहरुलाई सहयोग गरेको तामाङले बताएका छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #ओखलढुंगा, #भिजनसमाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545