झोर महाँकालमा साहित्यकारहरु सम्मानित

काठमाडौ । टोखा नगरपालिका र १ नं.वडा कार्यलय,झोर महाँकालको आयोजनामा साहित्यको जगेर्ना तथा प्रवर्धन कार्यक्रम -२०८१ का.जि.टोखा न.पा. वडा नं. १ स्थित झरना पार्टी प्यालेसको प्रेक्षालयमा स्थानीय तथा विभिन्न क्षेत्रबाट पाल्नुभएका साहित्यिक व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिका साथ आज भव्य रूपमा सम्पन्न भयो । उक्त कार्यक्रममा लामो समयदेखि साधनारत विभिन्न विधाद्वारा नेपाली भाषा साहित्यलाई जगेर्ना तथा प्रवर्धन गर्नुहुने स्थानीय १५ सर्जकहरूलाई नगद र सम्मानपत्र तथा मायाको चिनो सहित सम्मानित गरिएको थियो ।
टोखा न.पा. १ नं. वडाका वडा अध्यक्ष श्री रमेश कुमार लामिछानेज्यूको सभापतित्व , टोखा न.पा. का नगर प्रमुख श्री प्रकाश अधिकारीज्यूको प्रमुख आतिथ्य तथा साहित्यका विभिन्न विशिष्ट व्यक्तित्वज्यूहरूको आतिथ्य रहेको उक्त कार्यक्रममा स्थानीय सर्जक लगायत ३५ जना सर्जकहरूले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा डा.दामोदर पुडासैनी ‘किशोर’ज्यू ,वरिष्ठ साहित्यकार वासुदेव गुरागाईंज्यू र समकालीन मुक्तककार सन्तोष अम्गाईँज्यूहरूले वक्ताका रूपमा मुक्तक बिधा,समसामयिक साहित्य,साहित्य र पर्यटन बिषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । यस कार्यक्रमको सहजकर्ता H.K. Dhital र चेतनपथ माधव रहनुभएको थियो । कार्यक्रमको संचालन गीतकार एच के धिताल र गजलकार आँचलकुमार शर्माले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी टोखा नगरपालिकाको नगर प्रमुख श्री प्रकाश अधिकारीले साहित्य कहिल्यै नमर्ने क्षेत्र भएको आफुले साहित्य क्षेत्रमा केही नयाँ गरेर देखाउने धारणा राख्नु भएको थियो । कार्यक्रममा टोखा-१ का स्वर्गीय मंगलबहादुर तामाङ (गीत र गायन) र स्वर्गीय भैरव अधिकारी (भजन र साहित्य )लाई मरणोपरान्त साहित्य जगेर्ना तथा प्रवर्धन पुरस्कार-२०८१ प्रदान गरिएको थियो। साथै नरहरी दुलाल (गायन), श्यामकाजी श्रेष्ठ(गायन तथा गीत), शुदर्शन अधिकारी(गायन), सुमनकुमार धिताल(गीत), सुन्दरकुमार लामिछाने(कला तथा गायन), ईश्वरीप्रसाद अधिकारी(पत्रकारिता तथा साहित्य), ई.महेश्वर अधिकारी(उपन्यास), दिपेन्द्र घिमिरे(उपन्यास), आँचलकुमार शर्मा(गजल), शिव शर्मा(छन्द कबिता), माधब बिडारी(उपन्यास), हरिकृष्ण धिताल(गीत र मुक्तक) र रेणु अधिकारी(गीत,लघुकथा र कबिता)लाई नगदसहित साहित्य जगेर्ना तथा प्रवर्धन पुरस्कार-२०८१ तथा सम्मान प्रदान गरिएको थियोे ।
सो अबसरमा टोखा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापती श्री रमेशकुमार लामिछानेले यस कार्यक्रमले आफ्नो वडाको गौरब बढाएकोले आफूलाई खुशी लागेको र यो कार्यक्रमको निरन्तरता दिने वचन दिनु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिती ,काठमाडौका सदस्य श्री राजकुमार बिडारी,पुर्ब वडा अध्यक्ष श्री श्रीकृष्ण अधिकारी,मुक्तक अभियन्ता श्री सुनिल अधिकारी र श्री मदन नेपाल,मुक्तक मन्च,काठमाडौका अध्यक्ष श्री राजेन्द्र घिमिरे,बरिस्ठ साहित्यकारहरु श्री योगेन्द्र तिमल्सिना,मुकुन्द पौडेल,मुकुन्द शर्मा चालिसे लगायत अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झोर महाँकालमा साहित्यकारहरु सम्मानित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्