Techie IT
मंगलबार, वैशाख २३,२०८२

यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना


काठमाडौं, १४ वैशाख । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:18 am6:42 pm +0545