संखुवासभामा दुई दिने विश्वशान्ति पूजा आयोजना हुने
खांदबारी – संखुवासभाको सदरमुकाम खाँदबारीमा दुईदिने विश्वशान्ति तथा आयुसाधना आराधना कार्यक्रम हुने भएको छ ।
हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनको मुख्य ब्यवस्थापनमा यहि चैत्र २३ र २४ गते खाँदबारीको सूर्य बोडिङ्गमा विश्वशान्ति तथा आयुसाधना आराधना कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमको पूर्वतयारीको लागि चरणबद्धरुपमा छलफल भईरहेको आयोजकले जनाएको छ ।

नेपालको अतिविकट प्राकृतिक मनोरमले भरिपूर्ण हिमाली जिल्ला डोल्पामा पुनर्जन्म हुनुभएको डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेज्यूबाट धर्म–देसना स्वरूप चावासुम (लामा–यिदाम–खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी) त्रित्नमूल गुरूहरूको संयुक्त रुप अतियोग महा–रत्न गणचक्रका पवित्र दुई दिवसीय विस्तृत पुजा हुने आयोजकले जनाएको छ ।
अन्तमा गुरु रिन्पोछे निर्देशित पहाडमा सुरक्षित गरि राखेको ५०१ निधिहरूबाट मानव समुदायको निमित्त दिर्घायु तथा बुद्धत्वमार्गबारे बुद्ध वचनद्वारा दिक्षित गरिने बताइएको छ । विश्वशान्ति तथा आयुशाधना आराधनाको तयारी भईरहेको आयोजकको भनाइ छ ।

उक्त कार्यक्रमको उद्घाटन सत्रमा जिल्लाका विभिन्न जातीय संघसंस्था र धर्मगुरुबाट पाठ गदै ¥याली समेत निकालीने भएको छ । सो कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि जिल्लाका विभिन्न आदिवासी जनजाति संघसंस्थाहरु ऐक्यबद्धता र साथ सहयोग रहने बताइएको छ ।

आइतबार खाँदबारीमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद, नेवाः देयाः दवु, खांदबारी शाक्य समाज, नेपाल शेर्पा संघ, भोटिया समाज र तामाङ घेदुङ लगायतका आदिवासी जनजाति संघसंस्थाका प्रमुख प्रतिनिधीहरुसंग समेत पूर्वतयारी बारेमा छलफल गरेका थिए । उनीहरुले बौद्ध धर्मालम्बीहरुको कार्यक्रम भएकाले सबै बौद्ध धर्मालम्बीहरु एवम सबै धर्मावलम्बीहरु एकै ठाउँमा भेला भई विश्वशान्तिको कामना गर्नुपर्नेमा जोड दिदै अन्यन्तै महत्वपूर्ण कार्यक्रम भएकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

क्याटेगोरी : विशेष, समाचार, समाज
ट्याग : #hot, #बौद्ध धर्म, #रिम्पोछे, #विश्वशान्ति तथा आयुसाधना आराधना कार्यक्रम हुने, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्