राष्ट्रिय सभा बैठक बस्दै, अध्यक्षको निर्वाचनका लागि समय र स्थान तोक्ने

काठमाडौं, २७ फागुन । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ ।
आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ ।
यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद सचिवालयले जनाएको छ ।
अध्यक्षले विषयगत समितिमा रहेका सदस्यहरुको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । तर, सभाका अध्यक्षको पद रिक्त रहेकाले कार्य उपाध्यक्ष उर्मिला अर्यालले गर्नुहुनेछ ।
यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते अध्यक्षको चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिएको छ । राष्ट्रिय सभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भई नयाँ सदस्य चयन भएर आइसकेका छन् ।
अध्यक्ष पदका लागि नेकपा (माओवादी) र उपाध्यक्ष नेकपा (एमाले)ले लिने गरी राजनीतिक सहमति भैसकेको छ ।
माओवादीले अध्यक्षको नाम आजै टुंग्याउने तयारी गरेको छ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्यक्षको निर्वाचनका लागि समय र स्थान तोक्ने, #राष्ट्रिय सभा बैठक बस्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्