आफैँ अस्थायी आवास बनाउने भूकम्प पीडितले पनि ५० हजार पाउने

१४ मंसिर, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुले आफैँ अस्थायी आवास बनाए पनि सरकारले दिने ५० हजार रुपैयाँ पाउने भएका छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार सुरूमा यसमा अन्योलता भएको भनी रिपोर्टिङ भएको थियो । त्यसपछि सरकारले आफैँ बनाउने प्रभावितले पनि सरकारले उपलब्ध गराउने रकम पाउने गरी निर्णय गरेको र त्यस अनुसार कार्यविधि तय गरेको बताए
स्थानीय सरकारको वडाको सिफारिसमा प्रभावितले यो रकम पाउन सक्ने गरी निर्णय भएको उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा जानकारी गराएका हुन् ।
छलफलमा समिति सभापति दिल कुमारी रावल थापा (पार्वती)ले स्थलगत अनुगमनका क्रममा आफैँ अस्थायी आवास बनाउनेहरु अन्योलमा रहेको पाइएको बताएकी थिइन् । ‘घरका सदस्यहरु भएकाहरुको हकमा आफैँ अस्थायी आवास बनाएका छन् । तर, सरकारी सहयोग पाउने के हुने भन्नेमा अन्योलता रहेको पाइएको थियो,’ उनले छलफलमा भनिन् ।
जवाफमा गृहमन्त्री श्रेष्ठले त्यस्तो समस्या समस्या समाधान भइसकेको बताएका हुन् ।
गृहमन्त्रालयका सचिव दिनेश भट्टराईका अनुसार जाजरकोटमा ९ हजार ७९४ घरमा पूर्ण क्षति भएको छ भने २४ हजार घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा १६ हजार ५७० घरमा आंशिक क्षति भएको छ भने ९ हजार ९६१ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा १६ वटा सार्वजनिक भवनमा पूर्ण क्षति भएको छ भने २१ वटा भवनमा आंशिक क्षति पुगेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्