छठ पर्वको आज दोस्रो दिन
काठमाडौं । छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रतालुले खीर र लौकाको तरकारी खाने गर्दछन् ।
आज व्रतालुले बिहानदेखि पानी पनि नखाएर साँझपख एक छाक मात्र भोजन गर्दछन् । चार दिनसम्म अर्थात सप्तमीसम्म व्रतालुले माछा, मासु, लसुन, प्याज आदी खाँदैनन् ।
कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको छठमा प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गर्ने गरिन्छ । छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गर्ने विश्वास गरिन्छ ।
छठको व्रतमा एकदमै चोखो भएर संयम तथा ब्रह्मचर्य धर्मको पालना गर्दै बस्नु पर्ने कडा नियम हुन्छ । यो पुरा गरिएन भने छठ पूजाको फल नपाइने विश्वास रहेको छ । त्यसैले पनि छठलाई एउटा कठिन व्रतको रूपमा लिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #छठ पर्व
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्