इजराइलद्वारा गाजास्थित शरणार्थी शिविरमा भीषण आक्रमण, ५० जनाको मृत्यु
इजराइली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ । जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका एक वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ ।
शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन् ।
घटनास्थलका तस्वीरहरुले घरहरु भएको ठाउँमा कतै ठूला खाडल परेको देखिएको छ भने कतै घरहरु माटोमै बिलाएका छन् । आक्रमणमा परेको शरणार्थी शिविर इजराइलले मानिसहरुलाई आफ्नो सुरक्षाका लागि पहिले नै छोड्न भनेको थियो ।
इजराइलले गाजामा हवाई आक्रमण जारी राखेको छ । हिजो एकैदिनमा ३ सय वटा निसाना बनाएर आक्रमण गरेको इजराइलले जनाएको छ । इजराइली स्थल सेना माथि विद्रोहीहरुका तर्फबाट एन्टी-ट्याङ्क मिसाइल र मेसिन गनबाट आक्रमण गरिएको बताइएको छ ।
हमासले गत ७ सेप्टेम्बर मा इजराइल माथि अचानक आक्रमण गरेपछि इजराइलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्