अरिंगालले टोक्दा एकजनाको मृत्यु, एक गम्भीर घाइते

तनहुँ, १३ कात्तिक । तनहुँको भानु नगरपालिकामा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
भानु– ७ रम्गाटार स्थित जंगलमा आइतबार राति १२ बजेतिर अरिङाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २४ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन्।
अरिंगालले टोकपछि घाइते भएका दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाएको थियो । उपचारको क्रममा सोमबार बिहान राजकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घाइते धनबहादुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्