हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

२ कात्तिक, काठमाडौं । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।
मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिदङ गर्ने निर्णय गरेको छ
नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको छ । आजको खेल पनि जित्ने लक्ष्यका साथै नेपाली टोली मैदानमा उत्रनेछ ।
नेपाली टोलीले हङकङसँगको खेलमा पनि कुनै परिवर्तन गरेको छैन ।
टी-२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी-२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपबाट नेपाल र हङकङले टी-२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् ।
त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।
२०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी-२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी-२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो ।
यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
क्याटेगोरी : bannernews, ब्रेकिंग न्युज, समाचार, खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्