मुद्रास्फीति लक्ष्यभन्दा माथि, महँगियो भान्सा
३० असोज, काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको देखिएको छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यसै अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै रहेको छ । यसले भान्सा महँगो बनाइरहेको छ ।
यस्तो समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत मात्र रहेको छ । खाद्य तथा पेय पदार्थ भित्र समेत मरमसलामा सर्वाधिक ४५.४६ प्रतिशतले मूल्य बढेको छ ।
चिनी र चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले मूल्य बढेको छ । घिउ तथा तेल उपसमूहको मूल्य भने १३.०८ प्रतिशतले गिरावट भएको तथ्यांकमा देखिएको छ ।
महँगीको मारमा सबैभन्दा धेरै हिमाल (११.३२ प्रतिशत), काठमाडौं उपत्यका (९.८३ प्रतिशत), पहाड ८.०९ प्रतिशत र तराईमा ७.०३ प्रतिशतको मूल्यवृद्धि देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##लक्ष्यभन्दा माथि, #महँगियो भान्सा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्